प्रकृतिका पूजक किराँतीहरुको उभौली पर्व आजबाट सुरु हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

२२ वैशाख, काँकरभिट्टा :  किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान चाडका रुपमा मनाउदैं आएको उभौली पर्व आजबाट सुरु हुँदैछ । किराँत राई यायोक्खा प्रारम्भिक कमिटि काँकरभिट्टाका सचिव अशोककुमार राईले जिल्लाभरिका प्रकृतिका पूजक किरातीहरुले यस अवसरमा आज किराती परम्परा अनुसार भूमिको पूजा गर्ने गर्दछन् ।
सचिव राईका अनुसार अबको १५ दिनसम्म जिल्लाका अलग अलग स्थानमा विविध कार्यक्रम गरी यो पर्व मनाइन्छ् । यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धुमधामका साथ मनाउने चलन छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मङ्सिर शुक्ल पूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वका रुपमा मनाइन्छ । हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेला खुशियाली मनाउँदै उधौली पर्व मनाइने गरिएको छ । पहिलो दिन पूजा स्थलमा नाचिए पनि त्यसपछिका दिनमा अन्य स्थानमा जम्मा भई नाचेर रमाइलो गरी १५ दिनसम्म उभौली मनाइने गरिन्छ ।


किराँत जातिको बसोबास नेपालको पूर्वी भागका खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथरलगायत जिल्लामा मात्र नभई पछिल्लो समयमा राजधानीमा समेत रौनकताका साथ यो पर्व मनाउने गरिएको बताईएको छ । स्वदेशमा बसोबास गर्ने मात्र नभई किराँतको बसोबास रहेको बेलायत, हङकङ, सिङ्गापुर, अमेरिका, भारतलगायतका देशमा समेत यो चाडलाई मनाउन थालिएको सचिव राईको भनाई छ ।
तराईतिर गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, कीराफट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाईं सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने यो पर्वलाई उभौली भन्ने गरिएको किराँत राई यायोक्खा मेचीनगर प्रारम्भिक समितिका अध्यक्ष धनबहादुर राईको भनाई छ ।

अन्नबाली लगाउने समयमा लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्याङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिऊन, सबैमा सुख शान्ति, सुस्वास्थ्य होस्, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै विभिन्न ठाउँमा निर्माण गरिएका साकेला थानमा गएर पूजापाठ गरी उभौली पर्व मनाइने गरिएको बताउदैं किराँत राई यायोक्खा झापा जिल्ला सचिव राईले किराँत उधौली पर्वमा उभौली पर्वको समयमा लगाएको अन्नबाली पाक्ने, अन्नबाली खेतबारीमा लहलह देखिने, अन्नबालीले भकारी भरिएको हुने हुँदा अन्नबालीको सह बसोस्, आउँदो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुशी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाईने जानकारी दिनुभयो ।


तर, यसपटकको उभौली पर्व किराँत जातिले  औपचारिक पूजामात्र गरेर मनाउन लागिएको छ । झापाको मेचीनगरमा रहेका राई जातिहरुले मेचीनगर—६ स्थित रमाईलो गाउँको किराँत राई यायोक्खा प्रारम्भिक समितिको साकेला थानमा औपचारिक पुजाआजा गर्ने कार्यक्रम रहेको किराँत राई यायोक्खा प्रारम्भिक कमिटि काँकरभिट्टाका सचिव अशोककुमार राईले बताउनु भयो । थानमा फलफूल, अदुवा, रक्शी चढाएर औपचारिक रुपमा पूजाआजा गरेका हुन् भने एक आपसमा पहेंलो टिका लगाएर खुशी र शुभकामना आदान प्रदान गरेका थिए । यसैगरी राई, लिम्बू, याक्खा, सुनुवारलगायतका अन्य प्रकृतिका पूजक किरातीहरुले आ— आफ्नो थानमा उपस्थित भएर आफ्ना पिता पुर्खाले मानेको तीन चुल्हो ढुङ्गाको आ आफनै संस्कार र विधि अनुसार विधिपूर्वक पूजा गरेर यो पर्व मनाइन लागिएको छ ।
यो पटक औपचारिक पूजामात्र गर्ने अग्रीम निर्णय भएअनुसार पूजा विधिमात्र गरिने किराँत राई यायोक्खा प्रारम्भिक समिति मेचीनगरका अध्यक्ष धनबहादुर राईले जानकारी दिनुभयो ।

उभौली पर्वमा नाच्दा जातीय पहिचान झल्काउने पहिरन लगाइन्छ । पुरुष कालो कोट, खाँडीको कपडा, अल्लोको धागोको दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छर, सिन्कौली सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाउँदै त्यसकै तालमा नाच्ने गर्छन् । महिला पनि चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा हँसिया, परम्परागत गरगहनाले सजिएर सिन्कौली सेउली हल्लाउँदै ढोल, झ्याम्टा बजाउँदै नाच्छन् । महिला, पुरुष, बालक, वृद्धवृद्धा सबै जम्मा भएर गोलाकाररुपमा नाच्ने गरिन्छ ।

आजदेखि लेक तथा पहाडतिरको वातावरण चिसो हुने हुँदा गर्मीको समयमा तराईतिरबाट उभो चिसो लेकतिर बसाइँ सरेका माछा, पशुपक्षी, चराचुरुङ्गी र कीराफट्याङ्ग्रासमेत उधो गर्मी भएको ठाउँ मधेश, तराईतिर झर्ने विश्वासले पनि मङ्सिर पूर्णिमामा मनाइने पर्वलाई उधौली भनिएको किवंदन्ती छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.