असार १५

A notice in Nepali from Mechinagar Ward No. 10
शंकर भट्टराई

अस्ति असार १५ मा हिलोले पोतियेको वस्त्र फ्याकिसकेछ उसले,

तस्बिर ज्युदो छ, बेला बेला पोस्ट्याउन कृषि क्रान्ति को अभियन्ता जो हो ।

रोपाइँ धान को मात्र हुन्छ असारमा पानी पर्दा हिलोमा रोपिन्छ मात्र जान्दछ उ ।

कुलो, खाद्य, बिउ, ब्याड, बाउसे, आली, पाटा, हली, रोपाहार के वा को हुन ?

सोध्ने फुर्सद भयो कि भएन उसलाई ?

माहिला दाइको छेउमा त उ देखिएन

कयौं असारे गन्ध आउँछ दाइको इस्ट्कोट बाट माइली भाउजु गनगनाउन थाल्लिन

मल र बिउ पाइन भनेर खुसुक्क आयो लुसुक्क गयो ।

अर्को असार १४ सम्मको निम्ति तस्बिर साक्षी छ महान कृषि अभियन्ताको ।

अब उ उर्लेको कुर्लेको देखिन्छ लिखित भाषणमा मल, बिउ , कुटो, कोदालो नाम्लो डोको होइन

अत्याधुनिक कृषि मशिनको ओइरो नै लगाइदिन्छ ।

सिचाइका बडेमानका योजनाहरु ल्यायेर उत्पादनको परिमाण चुल्याइदिन्छ ।

२१ औ शताब्दीको म निर्दो किसान उसैले बोलाएको भिड्मा पुगेर फेरि पनि ताली बजाउँछु ।

अमुल्य भोट खसाउँछु ।

प्रतिक्रियाहरु 1

  1. Shankar Bhattarai says:

    मानो रोपेर मुरी उमार्ने दिन किसान को पर्व मात्र fb को wall मा माsत्र पोस्ट्याउने दिवस नबनोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.