गायक तथा कलाकार रोबिन तामाङको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

२० असार, काठमाडौँ : रक एन्ड रोल संगीतमा नामी गायक रोबिन तामाङको निधन भएको छ। ६० वर्षीय रोबिनको मंगलवार साँझ काठमाडौंस्थित बुढानिलकण्ठमा उनकै निवासमा निधन भएको प्रहरीले जनायो।

आफ्नै निवासमा मृत भेटिएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए। बुढानिलकण्ठ प्रहरी वृत्तका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार तामाङको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। ‘बेडरुममा मृत अवस्थामा भेटिनु भएको हो। उहाँको दिदीले खबर गरेपछि प्रहरी घरमा पुगेको थियो। रुमको ढोकभित्रबाट बन्द थियो,’ चन्दले भने। उनको मृत्युको कारण पोस्टमार्टमपछिमात्र पत्ता लाग्ने प्रहरी निरीक्षक चन्दले बताए।

उनी ‘रोबिन एन्ड दी न्यु रिभोल्युसन’ का संस्थापन हुन्। स्टेजबाट युवा वर्गलाई जुरुक्कै बनाउने खालका गीत प्रस्तुत गर्ने रोबिनले ब्यान्ड स्थापना गर्नसाथ ‘केटाकेटी’ एल्बम बजारमा ल्याएका थिए। पछिल्लोपटक रोबिनले नाका, छ्ड्के – २, चिसो एस्ट्रेलगायतका फिल्ममा समेत अभिनय गरेका थिए। पछिल्लो समय रोबिनको साथमा ड्रममा राजेश खड्की, गितारमा दिपेश र बासमा प्रवीनदास श्रेष्ठले साथ दिइरहेका थिए। दम मरो दम, माइला भाइ, ठीकै छ जस्ता गीत गएका उनले नेपाल, हाम्रो देशजस्ता एल्बम बजारमा ल्याएका थिए। उनले डेनी डोन्जाङ्पाले गाएको चिसो चिसो हावामा, अरुण थापाले गाएको जति माया लाए पनि गीत पनि रिमिक्स गरी प्रस्तुत गरेका थिए। जुन युवामाझ चर्चित रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.