दाहालको स्पष्टीकरण- प्रधानमन्त्रीको हैसियतले मैले बोलिनँ, ज्ञानुको बुबा भएर बोल्न पुगेँ

A notice in Nepali from Mechinagar Ward No. 10

२५ असार, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले ‘विवादित अभिव्यक्ति’बारे संसदमा स्पष्टीकरण दिएका छन्। प्रितम सिंहको किताब विमोचनमा आफूले प्रधानमन्त्रीको हैसियतभन्दा पनि छोरीको बुबा भएर भावनात्मक भएर बोल्न पुगेको प्रष्टीकरण दिएका हुन्।

‘यो मेरो कुरा थिएन। मेरो अनुरोध पनि थिएन। पारिवारिक वतावरणमा प्रितम सिंहले उठाएको सदासयताका लागि मैले धन्यवाद दिनुबाहेक अरु केही पनि हुन सक्दैन। अलिकति सेन्टिमेन्टल छु। अलिकति भावनात्मक छु। त्यही भएर प्रचण्ड छु,’ उनले आफू सेन्टिमेन्टल भएको भन्दै थपे, ‘प्रधानमन्त्रीको हैसियतले मैले बोलिनँ। ज्ञानुको बुबा भएर बोल्न पुगेँ। प्रितमको सदासयताका लागि धन्यवाद दिन पुगेँ।’

उनले संसदमा आफ्नो अभिव्यक्तिका आत्मसमीक्षा गर्ने बताए। ‘यो भावुकताले काम दिँदैन भन्ने निष्कर्षमा म पुगेकै छु। तर स्वभावबस म अन्तर्मनको आवाजतिर फर्किहाल्दो रहेछु। मनभित्र कुनै मैलो छैन। नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्तिहरू समान हुँदा रहेछन्। यो भावुकताको लागि सम्मानित सदनसमक्ष म आत्मसमीक्षा गर्न चाहन्छु। भविष्यमा यहाँ चलेको बहसले सतर्क हुन उत्प्रेरित गरेको छ,’ उनले भने।

उनले प्रितम सिंह शक्ति केन्द्र नभएको पनि स्पष्ट पारे। ‘प्रितम सिंह शक्ति केन्द्र होइन। उनले प्रधामन्त्री बनाउने र हटाउने हैसियत राख्दैन। उनीसँग नेता र प्रधानमन्त्रीको सम्बन्ध पनि छैन,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.