सन्दर्भ २१० औँ भानु जयन्ती

A notice in Nepali from Mechinagar Ward No. 10

आज असार २९ गते वा २१० औँ भानु जयन्ती । हरेक बर्ष आजैका दिन स्वदेशमा होस वा विदेशमा भानु जयन्ती विविध कार्यक्रमका साथ धुमधाम मनाइन्छ । आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार २९ गते तनहुँ जिल्लाको रम्घा चुँदीमा भएको थियो । पिता धनञ्जय र माता धर्मावतीदेवी आचार्यको एकमात्र पुत्ररत्नका रुपमा जन्मिएका भानुभक्त सानैदेखि विलक्षण प्रतिभाका धनी थिए । उनी नेपाली भाषाका कवि हुन, जसलाई नेपाली भाषाका आदिकवि भनेर पनि चिनिन्छ ।

पिता धनञ्जय आचार्य सरकारी अड्डाका जागिरे भएका कारण उनले पितासँग नजिकिने त्यति समय पाएनन् । उनी रम्घा चूँदीको सम्पन्न र शिक्षित परिवारमा जन्मिएका थिए । बाजे श्रीकृष्ण आचार्य अत्यन्तै धार्मिक व्यक्ति र विद्वान समेत भएकाले वाल्यकालको शिक्षा उनले बाजेबाटै प्राप्त गरे पनि एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाई पनि छ । आफ्नो बाल्यकाल बाजेकै रेखदेख र सेरोफेरोमा विताएका भानुभक्त जता जाँदा पनि बाजेको चोर औला प्रक्रेर हिड्ने गर्दथे । सानैदेखि चतुर स्वभावका उनले सानै उमेरमा बाजेबाट धेरै ज्ञान प्राप्त गरिसकेका थिए ।

बाजे श्रीकृष्णको धार्मिक भ्रमणमा साथ लागेर भानुभक्त उनीसँगै काशी पुगे । काशीमा रहँदाको समयमा उनले संस्कृत भाषाको अध्ययन गर्ने मौका पाए र छोटै समयमा उनी संस्कृतका ज्ञाता पनि भए । त्यस समयमा संस्कृत भाषाको बोलवाला थियो र नेपाली भाषालाई तुच्छ भाषाको रुपमा लिइन्थ्यो । भानुभक्त संस्कृत भाषाका ज्ञाता भएता पनि उनले नेपाली भाषालाई उच्च प्राथमिकतामा राखेका थिए । उनी सानैदेखि नेपाली भाषामा बोल्थे, नेपाली भाषामै कविता भन्थे र कवितामै नाच्थे पनि । भानुभक्तलाई लेखनमा अत्यन्तै रुचि थियो । जति लेख्दा पनि नअघाउने भानुभक्तले त्यस समयमा धेरै लेखे । त्यस समयमा भानुभक्तले लेखेका साहित्यहरु न त प्रकाशन हुन सके न त भानुभक्त जनमानसमा चिनिन नै सके । भानुभक्तले बाल्मीकीय रामायणलाई नेपाली भाषामा अनुवाद गरेका छन् । उनका पाण्डुलिपीलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि भानुभक्त नेपाली साहित्यमा चिनिएका हुन् । आदिकवि भानुभक्तको जीवन चरित्र विसं १९४८ मा प्रकाशित गरेर पहिलो पटक भानुभक्तलाई तनहुँ चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम मोतीराम भट्टले गरेको भनाई छ । त्यसपछिमात्र त्यस बेलाको नेपाल काठमाण्डौ उपत्यका र वरपर रामायणका श्लोक भानुभत्त गाईन थालियो । विसं १९८६ तिर सुर्यबिक्रम ज्ञवाली, पारसमणि प्रधानजस्ता व्यक्तिहरुले नेपाल बाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय नेपालीभाषी सवैक्षेत्रमा मान्यता पाएको भनाई पनि छ । भानुभक्तको देन पाएर नेपाली साहित्य समद्घृशाली भन्नेहरु राष्ट्रभाषा भानुभक्तको देन ठानेर त्यसैमा रमेका पनि भेटिएका छन् ।

उनका लेखहरुलाई मोतीराम भट्टले प्रकाशित गरेर जीवन्तता प्रदान गरे र भानुभक्तलाई समेत चर्चाको शिखरमा पु¥याए । नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालिन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक समेत हुन । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतिक रागीवन र मृत्यूका प्रतिक रामको राजमहलबाट बनवास यात्रा लोकहितका निम्ती जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श समेत प्रचार गर्ने प्रचारकको रुपमा आज भानुभक्तलाई नै चिन्ने गरीएको उनलाई नजीकबाट बुझ्नेहरु बताउँछन् । हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधी ग्रन्ध रामायाणको नेपालीमा पुनजन्म गराउन भानुभक्त सफल समेत बने । यस्ता प्रतिभालाई सवैका सामु चीरपरिचत गराउन र चर्चामा ल्याउनका लागि मोतीरामले उनको जीवनी समेत लेखेर छापिदिए । मोतीरामले आफ्नो कृति मार्फत भानुभक्त आचार्यलाई अत्याधिक सम्मान गरी ‘आदिकवि’ को उपाधि समेत प्रदान गरे । उनले प्रदान गरेको ‘आदिकवि’ को उपाधिलाई त्यस समयमा त्यति मान्यता नदिइएपनि त्यसको करीव ५० वर्ष पछि श्री ३ जुद्घ शमशेरले पुनः भानुभक्तलाई आदिकवि नै भन्नु भन्ने हुकुम दिएपछि भने भानुभक्त आदिकविको रुपमा स्थापित भएका हुन् ।
३७ बर्षको उमेरमा सरकारी जागिर पाएको दुइवर्षमा नै उनलाई सरकारी रकमको दुरुपयोग गरेको भन्दै जागिरबाट हटाइयो र पाँच महिनाको कारावासका लागि कुमारी चोकको खोरमा समेत पठाइयो । तर यो खोरको जीवन उनका लागि वरदान सावित भयो । उनले पाँच महिनाको कैदमा रहदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धान र सुन्दरकाण्डको पद्म अनुवाद गरेर सके । त्यसवेला सम्म नेपाली भाषामा रामायण नभएकाले विभिन्न उत्सवहरुमा संस्कृत भाषाका श्लोकहरु पढिन्थ्यो । नेपाली भाषामा रामायण आएपछि सवैका घर घरमा भानुभक्तको रामायण राखिन थालियो । त्यसपछि नै समाजमा नारी पुरुष र सबै जातजातिले समान रुपमा पढ्ने अवसर पाए । भानुभक्तीय रामायण सरल र मौलिक नेपाली भाषामा रचना गरिएकाले यसले रात दुइगुणा र दिन चारगुणाले देश देशान्तरसम्म प्रसिद्घी कमाउन थाल्यो ।

आदिकवि भानुभक्त आचार्र्य नेपालमा मात्र नभइ संसारभरका नेपालीभाषीहरुको मानसपटलमा सम्मानित भएर बसेका छन् । उनी जन्मेकै दिन वा हरेकबर्षको असार २९ गते भारतको दार्जीलि· र सिक्किम राज्यहरुमा भानुजयन्तीलाई ठूलो पर्वको रुपमा मनाइन्छ र भानुभक्तको जय जयकारको नारा सहित उनको स्मरण गरिन्छ । वास्तवमा नेपाली साहित्यमा आदिकवि भानुभक्तका रचनाहरु अग्रणी रुपमा रहेका छन् । ‘अध्यात्म रामायण’ अनुवादित ग्रन्थ भएपनि भानुभक्तले यसलाई मौलिक रुप दिइ रोचक र सरल रुपमा प्रस्तुत गरे । भानुभक्त भन्दा अगाडिका कविहरुले नेपाली भाषा र साहित्यलाई यति सहज, सरल र मौलिक रुपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तीय रामायण नेपाली भाषा साहित्यको पहिलो महाकाव्य बन्न सफल भयो । तात्कालिन श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाहले विभिन्न खण्डमा विभाजित राज्यलाई एकीकरण गरे भने भानुभक्तले सांस्कृतिक रुपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीक एकीकरण गरे । भानुभक्तले सृजना गरेको नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरुबीच भाषिक एकता कायम हुन सकेको हो । भानुभक्तले रामायणका बालकाण्ड र अरु काण्ड प्रश्नोत्तर १९१० , भत्ततमाला १९१०, बधूशिक्षा १९१९ लगायतका कृतिहरुको सिर्जना गरे । यस वाहेक उनले थुप्रै फूटकर कविताहरु रचना गरी नेपाली साहित्यलाई धनी बनाए । भानुभक्तका अन्य धेरै कृतिहरु भएता पनि एउटा रामायणले नै भानुभक्तलाई लोकप्रिय बनायो ।

नेपाली भाषा साहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदासर्वदाका लागि गाँसियो । पछिल्लो दोश्रो जनआन्दोलनका क्रममा देशभर भानुभक्तका प्रतिमाहरु तोडफोड गर्ने प्रयास पनि भयो, यो अत्यन्तै दुःखद पक्ष हो । उनलाई कुनै एक भाषिक समुदायको आदिकवि भएको आरोप समेत लगाइएको छ । जीवनको अन्तिम क्षणसम्म पनि नेपाली साहित्य उत्थानका लागि निरन्तर लेखनमा लागि परेका आदिकवि भानुभक्त आचार्यको सम्मान गर्न सक्यौं भने त्यो राष्ट्रको सम्मान हुनेछ र हामी सवै नेपाली जनताको पनि । नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन् कविशिरोमणि लेखनाथ पौड्यालको त्यसबेलाको घोषणा आज सम्म सार्थक छ । अन्त्यमा बहुभाषाभाषी बसोबास रहेको यो राज्यका आम नागरिकमा एक आपसमा सम्बन्ध सुत्र जोड्न आधार तयार गर्ने व्यक्ति भानुभक्तको योगदान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि उत्तिकै सान्दर्भिक पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.