असार १५

A notice in Nepali from Mechinagar Ward No. 10
तेति बेला –
रात भरी ढिकी चलेका हुन्थे,
दही जमाउने दुधको जोहो चलेको हुन्थ्यो ,
रोपाईं गरेर भेला भएको पैसाले
बजार जाने सल्लाह गर्नेको
अर्कै जम्घट हुन्थ्यो ,
केरा पाके कि पाकेनन् भन्ने चिन्ता अर्कै
हिल्याएका खेतका गरा,
झरीमा बजेका केराका पात ,
हतारोमा भएका उल्लासले भरिएका खेताला,
कोही आगनमा कोही खेतका गरामा
धमाधम दहीमा चिउरा मुसेर खाइ रमाइरहेका,
अचेल-
अचेल असार १५ मा किसान रमाउदैन
पार्टीको कार्यकर्ता किसान गिज्याउन खेतमा जान्छन्,
गुगलबाट डाउन लोड गरेका फोटा
मन्दम पुर्याउन चाखेका दही चिउरा
फोन कालमा साटेको शुभकामना !
खै के खै के !
असार १५ को शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.