चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन : प्रवक्ता ज्ञवाली

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका छन्।

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।  हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण परेको खबर मिडियामा आएकोप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै उनले त्यो सत्य नभएको बताएका हुन्।

‘यस्तै खबर २०७३ मा पनि आएको थियो। त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको थियो’, मन्त्री ज्ञवालीले भने, ‘चीनले बनाएका भनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमै रहेछन्।’

प्रवक्ता ज्ञवालीले नेपाल चीनबीच सीमा समस्या नभएको प्रष्ट पारे। उनले कुनै समस्या भए बसेर छलफल गर्नुपर्ने बताए। उनले यस्तो विषयमा रिपोर्टिङ गर्नुअगाडि सम्बन्धित मन्त्रालयका सम्बन्धित विभागसँग आधिकारिक धारणा माग्नसमेत आग्रह गरेका छन्।

जुम्लाको नाम्खा गाउँपालिका लिमी लाप्चास्थित नेपाली भूभागमा भवन नबनाएको चीनले दाबी गरेको थियो।  प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली उक्त इलाकाको अनुगमन गर्दा चिनियाँ पक्षले यस्तो बताएको थियो । भवन बनाए नजिक पुगेको टोलीलाई चिनियाँ सैनिकले माइकिङ गर्दै ‘फर्किएर आफ्नै सीमामा जान’ अनुरोध गरेको थियो। चिनियाँ पक्षले सीमा नमिचेको माइकबाटै दाबीसमेत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.