काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउँदै सडकमा उत्रेका छन् । प्रचण्ड – माधव समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन मन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्दकर्ताहरुसँग सडकमा निस्केका हुन्। मुख्यमन्त्रीका स्वकीय सचिव शिव सिंह ओलीले मुख्यमन्त्री बन्द गराउँदै हिडेको तस्विर समाजिक सन्जाल फेसवुकमा समेत राखेका छन् ।
राजनीतिक रुपमा नेकपा दुई समूहमा विभाजन भएपछि प्रदेश सरकारका काम कारवाही पनि प्रभावित भएका छन् ।
यसैगरी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्तले मुख्यमन्त्री जस्तो जिम्मेवार व्यक्ति बन्द गराउदै हिडेको उचित नभएको बताएका छन् । ‘मुख्यमन्त्री जिम्मेवार व्यक्ति हुन, जनताका अभिभावक हुन, शालिन तरिकाले विरोध गर्न पाइयो तर आफै बन्द गराउदै हिड्नु उपयुक्त होइ्न’उनले भने।


























