राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

२० जेठ, पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । उहाँलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताउनु भयो।

थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो । थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गर्न प्रदेशसभालाई जानकारी गराएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिनु भयो

६० सदस्यीय गण्डकी प्रदेश सभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् । राष्ट्रिय जनमोर्चाले नेकपा एमाले बाहेकको दलको सरकार बनाउने निर्णय गरे पनि थापाले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक रुपमा नै बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.