२७ जेठ, काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार नवनियुक्त मन्त्रीहरुको अपरान्ह ४ बजे शपथ ग्रहणको तयारी रहेको छ ।
फाइल तस्बिर ।
हाल ७ वटा मन्त्रालय रिक्त थिए । स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी र नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइँदैछ । थापा पूर्वगृहमन्त्री थापाकी पत्नी हुन् ।
यस्तै, नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, ज्वालाकुमारी साहलाई कृषि, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ ।
यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते जसपाबाट ८ जना र २ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।
