काँग्रेसको क्रियाशील सदस्यता विवादमा छानबिन समितिका सदस्य माथि आक्रमण

A notice in Nepali from Mechinagar Ward No. 10

२ असाउन, काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमा श्यामकुमार घिमरेमाथि आक्रमण भएको छ ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका घिमिरेमाथि सदस्यता छानबिन स्थलमै पुगेर केही व्यक्तिले आक्रमण गरेको नेपाली कांग्रेसले जनाएको छ । उनीहरु नेपाली कांग्रेसकै कार्यकर्ता भएको बुझिएको छ ।

सांगठनिक काममै खटिएकोबेला कार्यस्थमै आक्रमण भएको भन्दै नेपाली कांग्रेसले निन्दा व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यसरकी आक्रमणमा उत्रिने व्यक्ति कांग्रेसको अनुशासित कार्यकर्ता हुन नसक्ने बताएका छन् ।

यो घटनालाई पार्टी पदाधिकारीको शुक्रबार बसेको बैठकले गम्भीर रुपमा लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन । महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै छोटो समय र कोरोना महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले गरेको कामको पदाधिकारी बैठकले प्रशंसासमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.