पार्टी एकतामै जोड गर्ने माधव समूहको निष्कर्ष

१० बुँदे सहमति नै एकताको आधार, विधान अधिवेशन रोक्न माग

A notice in Nepali from Mechinagar Ward No. 10

२२ साउन, काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल समूहको दुई दिन चलेको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामै जोड गर्ने निष्कर्ष निकालेको छ।

केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी एकतामै जोड गरेको नेता रघुजी पन्तले जानकारी दिए। शुक्रबार बैठकमा ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए।

लगत्तै बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अघि बढ्ने भन्दै चारवटा प्रस्ताव तयार पारी केन्द्रीय समितिबाट पास गरेको छ ।
जसको पहिलो नम्बरमा प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागत गरिएको छ ।

त्यस्तै पार्टी एकताको लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेका बेला वरिष्ठ नेतालगायत विभिन्न नेताहरूमाथि अनेकौं टिप्पणी गर्ने र लान्छना लगाउने काम भएको भन्दै बैठकले  दुःख व्यक्त गरेको नेता पन्तले जानकारी दिए।

बैठकले सम्पूर्ण पार्टीपङ्क्ति विचार व्यक्त गर्दा संयमित, जिम्मेबार र संवेदनशील हुन सबैको ध्यानाकर्षण पनि गराएको छ।

एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला संस्थापन पक्षले थालेको सदस्य नवीकरण, विधान अधिवेशन लगायतका गतिविधि रोक्न पनि माग गरेको छ ।

संस्थापन पक्षले भदौमा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ।

१० बुँदे सहमतिलगायतका सहमतिहरूले एकताको आधार निर्माण गरेको बैठकको निष्कर्ष छ । ‘तीनको कार्यान्वयन गर्दै एकताका थप आधारहरू तयार पार्न वार्ता निरन्तरता जारी छ । थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ।’  नेता पन्तले भने।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.