विभाजनको सँघारमा विवेकशील साझा, मिश्र र पाण्डेले बोलाए छुट्टाछुट्टै बैठक

A notice in Nepali from Mechinagar Ward No. 10

१५ भदौ, काठमाडौँ : विवेकशील साझा पार्टी विभाजनको सँघारमा पुगेको छ । पार्टीमा मतभेद चर्किएपछि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् । गत वर्ष मंसिर २४ गते विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो ।

सो पार्टी भएको दोस्रो विभाजन हुन लागेको हो । यसअघि सो पार्टी २०७५ पुस २७ मा विभाजित भएको थियो । पहिलो पटक २०७४ साउन ३ पहिलो पटक एकीकरण भएको थियो ।

अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबारका लागि केन्द्रिय समितिको छुट्टाछुट्टै बैठक बोलाएका हुन् । मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल पठाउँदै संयोजक पाण्डेले अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको कारण एजेण्डामा सहमति जुट्न नसकेको कारणले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठक बोलाएको बताएका छन् । मिश्रले केही दिनअघि धर्म निरपेक्षता र संघीयताको विषयमा फरक धारणासहितको दस्ताबेज सार्वजनिक गरेका थिए ।

पाण्डेले पार्टीको विधानमा अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने र एजेण्डा तय गरिने गरिएको स्मरण गराएका छन् ।

‘यस पटक पनि उक्त अभ्यास अनुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले वहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु’ पाण्डेले केन्द्रीय सदस्यहरुलाई पठाएको इमेलमा भनिएको छ ।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बिहीबार अध्यक्ष मिश्रले बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएको बताए । ‘दुवैबीच एजेण्डासहितको विषयमा सहमति जुटाउन पटक पटक छलफल भएको हो सहमति जुट्न सकेन’ पाठकले भने, ‘अध्यक्षले वैचारिक र संगठनात्मक रुपमा देखिएको गतिरोधको गाँठो फुकाउने भन्दै बिहीबार बैठक बोलाउनु भएको छ ।’ प्रवक्ता पाठकले पार्टीको पहिलो नम्बरमा रहेका नेताले बैठक बोलाउने चलन भएको बताए ।

यसअघि मिश्रले संघीयता र धर्म निरपेक्षताको विषयमा जनमतसंग्रह गर्नुपर्ने माग गरेका थिए । त्यसको पाण्डेसहित चार केन्द्रीय सदस्यहरुले मिश्रको विचारको खण्डन गर्दै फरक दस्ताबेज ल्याएका थिए । त्यसयता सो दलमा विवाद चर्किंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.