महामन्त्री लड्ने घोषणा गरेका गगन थापा पौडेल समूहको बैठकमा

A notice in Nepali from Mechinagar Ward No. 10

१७ भदौ, काठमाडौं:  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा गरेका केन्द्रीय सदस्य गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गरेको पत्रकार सम्मेलनमा देखिएका छन्।

भदौ १४ गते सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यकर्ता भेलामा उनले केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका थिए।

महामन्त्री लड्ने घोषणा गरेको तीन दिनपछि वरिष्ठ नेता पौडेलसहित उनी पक्षका शीर्ष नेताहरू उपस्थित पत्रकार सम्मेलनमा थापा पनि सहभागी भएका हुन्।

गगनले गरे कांग्रेस महामन्त्री लड्ने घोषणा, अरू को-को छन् आकांक्षी ? पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै आफूहरू एक रहेको सन्देश पौडेलले दिएका थिए। पौडेलले छलफल गरेर आफ्नो समूहबाट एक जना सभापतिको उम्मेदवार हुने बताए।

थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्री पदमा लडेका थिए। त्यसबेला पौडेल समूहबाट महामन्त्री उठेका शशांक कोइराला विजयी भए भने महामन्त्रीका उम्मेदवारद्वय अर्जुननरसिंह केसी र गगन थापा पराजित भएका थिए। केसी पनि अहिले पौडेल समूहमै छन्। १३ औं महाधिवेशनमा केसी शेरबहादुर देउवा समूहबाट महामन्त्री लडेका थिए।

थापानिकट स्रोतका अनुसार अब संस्थापनइतर समूहबाट थापा १४ औं महाधिवेशमा महामन्त्री पदको उम्मेदवार हुन्छन्।

तर थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भने अब महामन्त्री उठ्ने पक्षमा छैनन्। सिटौला १३ औं महाधिवेशनमा सभापति लडेका थिए। त्यसबेला सिटौलाले शेरबहादुर देउवालाई समर्थन गरेपछि देउवा नै सभापति भएका थिए। यसपटक पनि सिटौला सभापति लड्ने तयारीमा छन्। तर उनले यसबारे औपचारिक रूपमा खुलाइसकेका छैनन्।

पछिल्लो समय थापा संस्थापनइतर विशेष गरी वरिष्ठ नेता पौडेल पक्षले गरेका आन्तरिक बैठकहरूमा सहभागी हुने गरेकोमा आज पार्टी कार्यालयमै आयोजित औपचारिक कार्यक्रममा पनि सहभागी रहेका हुन्।

कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। वडा अधिवेशन भने शुक्रबारदेखि सुरू हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.