एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज

A notice in Nepali from Mechinagar Ward No. 10

१९ भाद्र, काठमाडौंँ : नेकपा (एकीकृत समाजवादी) पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ। एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश इन्चार्ज तोकिएको उल्लेख छ।

एकीकृत समाजवादी पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकेको छ। सुदूरपश्चिममा भने इन्चार्ज तोक्न बाँकी छ।

त्यस्तै एकीकृत समाजवादी पार्टीले विश्वनाथ प्याकुरेललाई उपत्यका विशेष प्रदेश इन्चार्ज तोकेको छ। जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङलाई जिम्मेवारी दिइएको छ। पार्टीले केही विभागमा समेत प्रमुख तोकेको छ। जगन्नाथ खतिवडा प्रचार विभाग प्रमुख बनाइएको छ भने प्रवास इन्चार्ज श्रीप्रसाद शाह बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.