पार्टी प्यालेसमा खाना खुवाउनुस्, भाडा महानगरले ब्यहाेर्छ: मेयर शाक्य

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा खाना खुवाउनको विकल्प खोज्नुपर्ने बताएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइएकाले यसको विकल्प खोज्नुपर्ने बताएका हुन्।

यसको व्यवस्थापनको लागि अहिले खाना खुवाइरहेका अभियान्ताहरुसँग महानगरले छलफल चलाइरहेको उनले जानकारी दिएका हुन्।

‘‘कोही भोको नपरुन् भन्ने सबैको आशय हो। काठमाडौं महानगर व्यवस्थापनको लागि तयार छ। कुनै पार्टी प्यालेसमा खुवाउने व्यवस्था गरे पार्टी प्यालेसको भाडा महानगरले ब्यहोर्छ,’ उनले भने।

खुलामञ्चमै खाना खुवाउनु पर्छ भनेर लिडेढिपी गर्नु गैरजिम्मेवारी कार्य भएको उनले बताए।

‘खुलामञ्चमा सबैले देख्नेगरी खुवाइरहनु पर्दैन। स्वास्थ्य मापदण्ड पालना हुनेगरी पार्टी प्यालेसमा खुवाउन सकिन्छ। खुला मञ्चमै खुवाउँछौं, कसले के गर्छ भनेर कसैले पाखुरा सुर्केर आउनु पर्दैन,’ शाक्यले भने।

त्यसरी सार्वजनिक स्थानमा खाना खुवाउँदा मिडिया मार्फत फोटो भिडियो सार्वजनिक भएर उनीहरुको स्वाभिमानमा चोट पुग्ने उनको तर्क छ।

‘पत्रपत्रिकामा आएको फोटो घर परिवारले, साथीभाइले देख्दा उनीहरुको स्वाभिमानमा चोट लाग्छ। त्यस्तै यही फोटो र भिडियो अन्तर्राष्ट्रिय स्तरमा जाँदा विदेशमा रहेका नेपालीले अरु देशका नागरिकसँग कसरी आँखा जुधाउने? बरु त्यसैलाई व्यवस्थापन गर्न सकिन्छ नि,’ शाक्यले भने।

अभियान्ता, राजनैतिक दल, माननीयहरुले कोही भोको नरहुन भनेर गरेको चिन्तालाई मनन् गर्दै महानगर अघि बढेको उनले बताए।

‘महानगर जनताप्रति गैरजिम्मेवार हुँदैन। अभियान्ताहरुले पार्टी प्यालेस लगायतका सुरक्षित स्थानमा खाना खुवाए ठाउँको खर्च महानगरले ब्यहोर्न तयार छ,’ मेयर शाक्यले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.