मंसिरदेखि अनलाइनबाटै शैक्षिक प्रमाणपत्र दिने त्रिविको तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

७ कार्तिक, काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी मंसिरदेखि सबै शैक्षिक प्रमाणपत्र अनलाइन माध्यमबाटै उपलब्ध गराउने भएको छ।

विद्यार्थीको सेवा सुविधाका लागि अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी भइरहेको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक महेशराज ओझाले बताएका छन्।

अनलाइन माध्यमबाट सेवा सुचारु भएपछि अब प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ।

‘मंसिरदेखि नै अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी गरिरहेका छौँ’‚ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेको विद्यार्थीको हकमा त्यही महिनाबाट प्रमाणपत्र उपलब्ध गरिन्छ,अहिले आवश्यक पूर्वाधार दक्ष जनशक्ति तयार गरिरहेका छौँ।’

अनलाइनबाटै प्रमाणपत्र दिन सकिने सम्भावना रहेको उनले बताए। उनका अनुसार प्रमाणपत्रको शुल्क पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरिनेछ। व्यवस्था भएपछि यसका लागि पनि बल्खु पुग्नुपर्ने छैन।

विद्यार्थीको चाप धेरै हुँदा यतिखेर त्यहाँबाट सेवा लिन नै विद्यार्थीलाई सकस भइरहेको छ। एउटा शैक्षिक प्रमाणपत्र लिनलाई लाइनमा बस्नुपर्ने हुँदा एक दिनको समय नै विद्यार्थीले खर्चिनुपर्ने बाध्यता छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.