स्थायी कमिटीको निर्णयमा भीम रावलको फरक मत

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयमा फरक मत राखेका छन् ।

कैलालीको क्षेत्र नम्बर २ मा स्वेच्छाचारी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै रावलले त्यसलाई बदर गरी पुनः प्रतिनिधि छनोटको माग गरेका थिए । तर आफ्नो प्रस्ताव अमान्य भएपछि उनले स्थायी कमिटी बैठकमा फरक मत लेखेका हुन् ।

कैलाली क्षेत्र नम्बर २ मा अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको प्रतिनिधि छनोट पार्टी निर्णय र विधि अवलम्बन नगरी स्वेच्छाचारी किसिमको भएको रावलको दावी छ । तर प्रतिनिधि छनोट बदर गर्न माग गर्दै १२२३ जना पार्टी सदस्यले हस्ताक्षर गरी संगठन विभागमा निवेदन दिए पनि सुनुवाइ नभएको रावलले बताएका छन् ।

यस्तो छ रावलको फरक मत

सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईमा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि अवलम्बन नगरी सहमति वा निर्वाचन नगरी स्वेच्छाचारी किसिमको प्रतिनिधिको नाम पठाइएको प्रति विरोध जनाई १२२३ पार्टी सदस्यहरुले हस्ताक्षर गरी उक्त प्रकारको अनियमित कार्य कदर गरी विधिवत निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुन नदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएको र यस्तो अनियमित र गलत कार्य बदर गरी विधिसम्म प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति मेरो फरक मत दर्ज गर्दछु ।

भीम रावल
उपाध्यक्ष
मिति : २०७८/८/७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.