पार्टी बलियो बनाउन आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ : वरिष्ठ नेता पौडेल

A notice in Nepali from Mechinagar Ward No. 10

२४ मंसिर, काठमाडौंँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताएका छन् ।

पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र नैतिक शक्ति अभिवृद्धि गरी स्वच्छ निर्वाचन र प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । वरिष्ठ नेता पाौडेलले भने, “के कारण कम्युनिष्टभन्दा कांग्रेसमा कमजोरी र पछाडि प¥यो त्यसको समीक्षा गरिनुपर्छ । ’

गौरवशाली इतिहास, सिद्धान्त र सङ्गठन भएको कांग्रेसले आफ्नो एजेण्डाका माध्यमद्वारा प्रतिपक्षीलाई आगामी निर्वाचनमा पराजय गर्न सकिने उनले उल्लेखगरे। वरिष्ठ नेता पौडेलले गाउँमै रोजगारी दिने विकासको मोडेल आवश्यक रहेको बताउँदै त्यसका लागि राजनीतिमा सुधारको खाँचो छ भने। हाम्रो भविष्यको बाटो तय गर्न र पार्टीलाई सफल बनाउन सबै लाग्नुपर्ने उहाँको जोड थियो ।

पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन आन्तरिक लोकतन्त्र आवश्यक रहेको नेता पौडेलको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.