सत्ता गठबन्धनबाट बाहिरियो राष्ट्रिय जनमोर्चा

A notice in Nepali from Mechinagar Ward No. 10

१६ फागुन, काठमाडौँ : राष्ट्रिय जनमोर्चा(राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राजमो गठबन्धनबाट बाहिरिएको हो ।

सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमूलत तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्‍याएको उल्लेख छ ।

केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध पाँचदलीय गठबन्धनको निर्माण र निरन्तरतामा राजमोले जोड दिए पनि गठबन्धनका ४ पार्टीले एमसीसी पास गर्दै साम्राज्यवादीको दलाली र पृष्ठपोषण गरेकाले गठबन्धनको औचित्य समाप्त भएको पनि केसीले बताएका छन् ।

त्यस्तै एमसीसी अनुमोदन गर्दा मतविभाजन नगरी ध्वनि मतको सहारा लिएकोमा पनि राजमोको आपत्ति छ । राजमोको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी जस्तो राष्ट्रघाती सम्झौता, जसले राष्ट्रलाई दीर्घकालीन रूपले गम्भीर क्षति पुर्‍याउने छ, जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनिमतको आधारमा त्यसलाई पारित गरियो । यदि अल्पमत बहुमतको विधिअनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुस्किल पर्ने भएको हुनाले नै ध्वनिमतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ ।’

एमसीसी सम्झौतासँगै व्याख्यात्मक घोषणा पारित भए पनि त्यसलाई राजमोले औचित्यहीन बताएको छ । माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरूको एमसीसीविरुद्धको आक्रोशलाई मत्थर पार्न गरेको नौटङ्की मात्र भएको पनि राजमोको आरोप छ ।

आइतबार स‌ंसद्‍मा राजमोकी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने माग राखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.