बिपीका चिकित्सकहरु पुनः आन्दोलित, इन्टर्नका सबै सेवा स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

 

आइतबार ,१४ , मङ्सिर २०७७

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरुले सेवा ठप्प पार्ने भएका छन् । पुनः आन्दोलनको घोषणा गर्दै उनीहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।

जीवन निर्वाह भत्ता सम्बन्धी २०७६ साल वैशाखको १९ गते भएको सहमति बमोजिम त्रिवि शिक्षण अस्पतालमा हुने वृद्धिलाई आधार मानी सोही अनुपातमा प्रतिष्ठानमा पनि वृद्धि गर्ने सहमित भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा झै ८ औं तहको ५० प्रतिशत जीवन निर्वाह भत्ता हुनुपर्ने माग गरिएको छ । यस्तै विगतको सहमति अनुसार जीवन निर्वाह भत्तामा ३ प्रतिशत मंहङ्गी भत्ताको व्यवस्था भए बमोजिम कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।

यस्तै, खाजाको लागि थप एक हजार रुपैया पाउनुपर्ने, माक्स, सेनिटाइजर, फेस सिल्ड लगायत सामग्रीहरुको लागि न्यूनतम थप एक हजार रुपैया थप व्यवस्था गर्नुपर्ने लगायत १० बुँदे माग उनीहरुले अघि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.