शेखर पक्षले बोलायो नेविसंघ र तरुण दलको भेला

A notice in Nepali from Mechinagar Ward No. 10

१० चैत्र, काठमाडौँ : नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलमा आवद्ध आफ्नो पक्षको भेला बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र र तरुण दलको अध्यक्ष चयन गरेपछि शेखर पक्षले आफू पक्षका नेताहरुको भेला बोलाएको हो । ‘तीन दिनभित्र नेविसंघ र तरुण दलको संयुक्त रुपमा राष्ट्रिय भेला गर्ने भनिएको छ । अरु जोडिन आए भने ढोका खुला छ । मुख्यतः शेखर पक्षकै भेला हो’ नेता गुरुराज घिमिरेले जानकारी दिए ।

कार्यसम्पादन समितिले भ्रातृ संस्थाको नेतृत्व सभापतिले आपसी परामर्शमा चयन गर्ने निर्णय भए पनि देउवाले त्यसलाई लत्याएको शेखर पक्षको आरोप छ । ‘नेताहरु बीचमा समझदारीबाट निर्णय हुनुपर्दछ । पार्टीभित्र एकाधिकार स्वेच्छाचारिता देखिनुभएन’ नेता घिमिरेले भने ।

नेविसंघको अध्यक्ष नियुक्तिको विरोधमा शेखर पक्षका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने भएका छन् । देउवाले बुधबार नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई चयन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.