२ जेष्ठ, काठमाडौँ : काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३ हजार मतको अग्रता लिएका छन् । मतगणनाको तेस्रो दिन चलिरहँदा बालेन नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जनामाथि ३ हजार मतको अग्रता बनाएका हुन्।
बालेनले ६ हजार ४ सय ८६ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३ हजार ४ सय १३ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ३ हजार ९ मत ल्याएकी छिन्।
यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले ५ हजार ८ सय ४४ मत ल्याउँदा माओवादीका रामेश्वर श्रेष्ठले १ हजार ६ सय ९ मत ल्याएका छन्।
