जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

७ असार, काठमाडौ : सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

यससँगै नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।

जय पृथ्वीबहादुर सिंह बझाङ्गी राजा हुन् । उनले १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याएका थिए । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनले प्राकृतव्याकरण नामको अर्को पुस्तक पनि लेखेका थिए । विसं १९९७ असोज १ गते उनको निधन भएको थियो ।(अनलाइनखबरबाट)

यी हुन् नेपालका राष्ट्रिय विभूतिहरु :

१) गौतम बुद्ध
२) अंशुवर्मा
३) सीता
४) जनक
५) अरनिको
६) रामशाह
७) अमरसिंह थापा
८) पृथ्वीनारायण शाह
९) भानुभक्त आचार्य
१०) भीमसेन थापा
११) बलभद्र कुँवर
१२) श्री ५ त्रिभुवन
१३) मोतीराम भट्ट
१४) शंखधर शाख्वा
१५) पासाङ ल्हामु शेर्पा
१६) महागुरु फाल्गुनन्द
१७) भक्ति थापा
१८) जय पृथ्वीबहादुर सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.