म्याग्दीमा दुईटाउका भएको अनौठो पाडो जन्मियो

A notice in Nepali from Mechinagar Ward No. 10

२४ साउन, म्याग्दी : म्याग्दीमा भैँसीले दुईवटा टाउको भएको अनौठो पाडो जन्माएको छ। बेनी नगरपालिका–५ डडुवाका किसान होमबहादुर खत्री ‘राजु’ ले पालेको भैँसीले मंगलवार दुई वटा टाउको भएको पाडो जन्माएको हो।

गाउँका अगुवा किसान खत्रीका अनुसार भैँसी सहजै नब्याउन नसकेपछि उनको प्रयासमा एउटै शरीर तर टाउका दुई वटा भएको पाडो जन्मिएको जानकारी दिए।

उनले भने, ‘पाडाेका दुईवटा टाउकाेसँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएका छन्। दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बाँचेन।’

यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले जिन (वंशाणु) को समस्या भएको बताउँदै यस्तो अवस्थामा सावधानी अपनाउनुपर्ने बताए।

‘यस्तो कमै हुन्छ, यस्तो अवस्थामा जन्मिएका पाडापाडी जीवित हुने सम्भावना न्यून हुन्छ‚’ रेग्मीले भने।(थाहाखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.