मन्त्रालयको बाँडफाँट आजै साँझ सकिने, मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाइने

A notice in Nepali from Mechinagar Ward No. 10

मन्त्रालयको बाँडफाँट गर्न सत्ता साझेदार दलको बैठक साँझ ५ बजे बस्दैछ। बैठकले १७ मन्त्रालयको बाँडफाँट गर्नेछ।

स्रोतका अनुसार दलहरुले पाउने मन्त्रालयको टुंगो लगाएर आजै नाम बुझाउने तयारी छ।

‘आज ५ बजे सत्ता साझेदार दलको बैठक बस्छ, त्यही बैठकले मन्त्रालय भागबन्डाबारे निर्णय गर्नेछ,’ स्रोतले नेपाललखबरसँग भन्यो, ‘त्यसपछि दलहरुले मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने छन्।’

१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाएका थिए।

बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटका विषयमा एमाले अध्यक्ष ओलीसँग मोडालिटी बनाइएको हो।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार आजै सक्ने दाबी गरेका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय बाँडफाँट मोडालिटी बनाउन भक्तपुरको बालकोटामा ५ घण्टा बढी छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डलले सोमबार बेलुकासम्म पूर्ण पाउने बताएका थिए।

‘मन्त्रिमण्डल आजै टुंगिन्छ,’ प्रचण्डले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.