राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, निजी निवासमा सर्दै

A notice in Nepali from Mechinagar Ward No. 10

२८ फागुन, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदैछ। तेस्रो राष्ट्रपतिका रुपमा उहाँको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्।  त्यसपछि अर्को कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भइन्। सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गर्ने भएपछि राष्ट्रपति भण्डारी आजै निजी निवासमा सर्ने तयारी गरेकी हुन्।

भण्डारी बुढानिलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्नेछन्। उनकोे निवासलाई सरकारले मर्मतसम्हार गरेर ठिक्क पारिदिएको छ।  राष्ट्रपतिका रुपमा ७ वर्षभन्दा बढी जिम्मेवारी सम्हालेकी भण्डारी आफ्नो दोस्रो कार्यकालमा संवैधानिक सीमाभन्दा माथि रहेर सक्रिय बन्दा विवादित बनिन्।

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई साथ दिएको, त्यसलगत्तै २०७८ मा पनि ओलीलाई दोस्रो पटक संसद विघटनमा साथ दिएको, त्यसअघि तत्कालीन नेकपाभित्रको विवाद मिलाउन सक्रिय बनेको जस्ता आरोप भण्डारीमाथि लागेका छन्।

यस्तै शेरबहादुर देउवा नेतृत्वको सरकारका अध्यादेशहरु रोकिदिएको, संघीय संसदबाट दुई–दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर अलपत्र पारिदिएको, राजनीतिक पक्षधरता देखाएको जस्ता आरोप उनीमाथि लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.