राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्दै

A notice in Nepali from Mechinagar Ward No. 10

२९ फागुन, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्दै छिन्।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि आज शीतलनिवास छोड्ने भण्डारीको तयारी छ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीका अनुसार आज भण्डारीले पद हस्तान्तरणसँगै निवास छोड्ने तयारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीका लागि बूढानीलकण्ठमा निवास तयार गरिएको छ। शीतलनिवासबाट बाहिरिएपछि भण्डारी त्यही निवासमा बस्ने छिन्।

राष्ट्रपति भण्डारीले आइतबार आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतलनिवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी थिइन्।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेकी थिइन्।

भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.