सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैन : मन्त्री शर्मा

A notice in Nepali from Mechinagar Ward No. 10

२० चैत्र, काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु नहुने बताउनुभएको छ । सोमबार रेडियो नेपालको ७३ औँ स्थापना दिवसको अवसरमा बोल्नुहुँदै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु नहुने बताउनुभएको हो ।

कतिपय सञ्चारमाध्यम सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रसारण ऐन संसदमा प्रस्तुत भएको जानकारी दिनुभयो ।

‘‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधि सभामा पुर्‍याउन खाेज्दैछौँ । हामीले भनेका छौँ, सञ्चारमाध्यम सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरू भजनमण्डली हुनुहुँदैन भनेका छौँ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘ भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यताअन्तर्गत अहिले प्रसारण ऐन जसरी हाम्रो संसदमा गएको छ, त्यो प्रसारण ऐन पारित भइरहँदा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ ।’’

उहाँले प्रसारण ऐन पारित भइसकेपछि सञ्चारमाध्यम नयाँ वातावरण सिर्जना हुने बताउनु भयो । उहाँले सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो । मन्त्री शर्माले अहिले पनि सबै क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न नसकेको बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानुनहरू अभाव छ, ती कानुनको तयारीबारे मन्त्रालयमा विज्ञ साथीहरूसँग छलफल गरेर तयार गरिरहेका छौँ । यी सबैमा कानुनी रूपमा अघि बढ्न खोज्दैछौं । हामी अझै प्रभावकारी ढङ्गबाट अघि बढ्न जरुरी छ ।’’

मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू सञ्चारमाध्यमले प्रसारण एवम् प्रकाशन गर्न जरुरी रहेको बताउनुभयो ।

गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.