स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

२० चैत, तनहुँ : तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए ।

घिमिरे भने रास्वपाबाटै उम्मेदवारको आकांक्षी थिए ।

मनोनयनदर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ आइपुगेका छन् । उनी बिहान चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर तनहुँ आइपुगेका हुन् ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् ।

गत मंसिरमा भएको चुनाव जितेका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले यहाँ उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.