एयर इन्डियाको जहाज ‘ओभरसुट’

A notice in Nepali from Mechinagar Ward No. 10

१६ वैशाख, भद्रपुर : भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, उहाँले भन्नुभयो ।

यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौं विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.