“मन त परदेश मा”

A notice in Nepali from Mechinagar Ward No. 10

परिस्थिति त्यस्तो कि आवस्यकता यस्तो
आवस्यक आधारभूतको कमी कि
उडानको सपना नै त्यस्तो…..
प्रत्यक्ष आँखाको देखाइ भन्दा टाडा पुगे
आँखाका नानी भन्दा प्यारा “नानीहरू”
त्यस पछि …………..
चाड पनि आए, मेला बजार पनि गइयो
यसो जमघट पनि भयो हाँस्ने हँसाउने पनि भयो
तर अहिले पो थाह भयो
“रमाइलो” त उनीहरुसँगै गएछ !
भोज भतेर पनि खाइयो
आफनै भान्सामा पनि सिप चले ,
कोसेली पनि खोलियो
बोट बगैंचा पनि चाहारियो
तर अहिले पो थाह भयो
“स्वाद” त उनीहरुसँगै गएछ !
भेट घाट त चलिरहेकोछ अहिले पनि
जाने ठाउँ पनि छ आउनेको पनि कमि छैन,
अनेकौ साइनाका सम्बोधन जारीछ
आदर माया लिने दिने पनि उत्तिकै छ,
तर अहिले पो थाह भयो
“खास” त उनीहरुकै “साथ” रहेछ !

हकारदा डराएको मुहार
सम्झाउदा अटेरी भएको झै स्वांग
भरे फेरि खुसुक्क टासिएर बडाएको माया
फुरुक्कै भएका सामान्य आश्वासन मा
खुत्रुक्कै भएका साधारण अ-सजिलोमा
अहिले पो थाह भयो निस्वार्थ मायाको अर्थ,
“पुलपुल्याउने” त उनीहरुसँगै गएछ !
अर्थ पुग्दैन कहिले उत्तरहरुको
उत्तर पुग्दैन कहिले जिज्ञासाको
केहि तिलस्मी जस्ता प्रश्नहरु
कतै भाका नपुगेका साहित्य
भन्न बुझाउन खोजेको हो बेजोड सँग
चित्त बुझाउने संतुष्टि पाइदैन सम्बोधनमा
अहिले पो थाह भयो
“शब्द” त उनीहरुसँगै गएछ !
कति नै जान्ने भै टोपल्ने
कति जानकारी कयौं सामाधान
थुपरिएको छ जिब्रोको टुप्पो मै
अहिले पो थाह भयो
“प्रश्न” त उनीहरुसँगै गएछ !
जिन्दगी चलिरहेको छ अहिले पनि
तर
” मज्जा” त उनीहरुसँगै गएछ…….!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.