पाथीभरामन्दिर नजिकैको जंगलमा भीषण डढेलो, आगो नियन्त्रण बाहिर

A fire burns late 01 September 2007 night in Tzarift, near Tlemcen, north-west of Algeria. Cooler temperatures in northern Algeria helped firefighters put out most of the blazes that have killed at least eight people and ravaged huge swathes of forest over the past 48 hours. AFP PHOTO STR (Photo credit should read STR/AFP via Getty Images)

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ । फावाखोलाको सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानिय कमल विष्टले जानकारी दिए ।

डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको उनको भनाई छ । सो क्षेत्रमा पानीको पनि अभाव भएको र विषेशगरि गभ्रे सल्लाको जंगल भएकाले पनि डढेलो नियन्त्रण बाहिर रहेको छ । अहिले हावा समेत जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको विष्टले बताए । उनका अनुसार आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ ।

आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ । यो क्षेत्र लोपुन्मुख रेढपाण्डा (हाब्रे) को वासस्थान भएको क्षेत्र हो ।

आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली प्रस्थान गरेको छ । यही गतिमा फैलिए आगो फेदीको मानव बस्तीमा समेत आइपुग्ने सम्भावना रहेको स्थानिय बताउँछन् ।

Exit mobile version