नेतृत्वप्रति कार्यकर्ता स्तरबाटै असन्तुष्टि, पार्टी अप्ठ्यारोमा परिसक्यो-गगन थापा

A notice in Nepali from Mechinagar Ward No. 10

१८ जेठ, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बताएका छन्। छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेतृत्वप्रति कार्यकर्ता स्तरबाटै असन्तुष्टि आएको बताए।

उनले भने, ‘अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ। म पानी पार्टीको नेतृत्वभित्र पर्छु। नेतृत्वले ठिक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्नुहुन्छ। काम गर्न नसकिरहेको अवस्था पनि छ। त्यो बेलामा सर्लक्क हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ। पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ। त्यसमा उहाँ तयार हुनुहुन्छ ?’

उनले कार्यकर्ता तहको सुझावको आधारमा पार्टी अगाडि बढाउनुपर्ने बताए।

उनले थपे, ‘पार्टी अप्ठ्यारोमा परेको बेलामा तल गएर सोध्ने हो सोध्दै गर्दा जे साथीहरूले भन्छन् तालमेल गर्नुभयो ठिक भएन भन्नुभयो भने नगर्ने। अर्कोतिर नेतृत्व काम लागेन भन्नुभयो भने नेतृत्वले छाड्दिहाल्ने। जहाँ समस्या भएको छ त्यहीबाट समाधान नखोजे पार्टी बन्दैन।’

चुनाव जितेर संघदेखि प्रदेश स्थानीय तहसम्ममा नेतृत्व हुँदा समेत पार्टी कार्यकर्ता तहमा व्यापक निराशा छाएको बताए। उनले आगामी निर्वाचनमा सबै दलहरू एकै ठाउँमा उभिएपनि कांग्रेसले चुनावअघि कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.