सगरमाथासहित चार हिमालबाट ३५ टन फोहोर संकलन

A notice in Nepali from Mechinagar Ward No. 10

२४ जेष्ठ, काठमाडौं : सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्जे हिमालहरुबाट ३५ टन फोहोर संकलन गरिएको छ।

नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा यी हिमालहरुबाट फोहोर र प्लास्टिक गरी ३५ हजार ७०८ किलोग्राम फोहोर संकलन भएको नेपाली सेनाले जनाएको छ।

आर्मी र युनिलिभर नेपालले ‘सफा हिमाल अभियान २०२३’ सुरुवात गरेको थियो, जुन जेठ ८ गते सम्पन्न भएको छ।

स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३ हजार ६२१ किलो, अन्नपूर्णबाट ३ हजार ५६७ किलो र बरुञ्चेबाट १८ हजार ५२० किलो फोहोर हटाइएको हो।

अभियानमा सहकार्य गर्न पाउँदा गर्व महसुस भएको युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.