गठबन्धन बैठक : प्रधानमन्त्रीले संसद्‌ फेस गरेर अघि बढ्ने निष्कर्ष

A notice in Nepali from Mechinagar Ward No. 10

२१ असार, काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको थियो। बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत भएको बताए।

बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको तथा संसद् फेस गरेरै अघि बढ्ने निष्कर्ष निकालेको पनि उनले बताए।

‘हामीले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँ। प्रधानमन्त्रीले संसद् फेस गर्नुहुन्छ’ उपाध्यक्ष पाण्डेले भने।

बैठकमा संसद्को अवरोध हटाउने विषयका साथै कोशी प्रदेशमा मुख्यमन्त्री चयन, मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएको लगायतका विषयमा पनि छलफल भएको बताइएको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। यस्तै, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू बैठकमा उपस्थित  थिए।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउनमा भारतको सहयोग रहेको भन्ने अर्थ लाग्ने गरी दिएको अभिव्‍यक्तिको विरोधमा प्रमुख प्रतिपक्ष दल नेकपमा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै आएको छ। राजीनामा नआएसम्म संघीय संसद् चल्दै नदिने भन्दै एमालेले बुधबार  प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा अवरोध गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.