गगन थापाले थाले विज्ञ र सरोकारवालाहरुसँग छलफल

A notice in Nepali from Mechinagar Ward No. 10

२ साउन, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले विज्ञ र सरोकारवालाहरुसँग छलफल थालेका छन् ।

थापाले पछिल्ला दिनमा आफूहरुले संसदमा कुनै पनि विधेयक आइसकेपछि, विधेयकको विविध पक्षमा कांग्रेस संसदीय दलमा विज्ञ र सरोकारवालाहरूसँग छलफलको अभ्यास गरेको उल्लेख गरेका छन् ।

आज (मंगलबार) भने नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संसदीय दलमा विश्वविद्यालयका परिकल्पनाकारलगायत शिक्षा क्षेत्रका विज्ञहरूसँग छलफल गरेको थापाको भनाई छ ।

सोबारे उनले भिडिओ सन्देशपनि जारी गरेका छन् । आजको छलफलमा भने शिक्षाविद्हरु प्रा. डा. विद्यानाथ कोइराला, प्रा. डा. अर्जुन कार्कीलगायतले सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.