१६ थान मूर्तिसहित करीव १० लाख रुपैयाँका बहुमुल्य सामान पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १२ पुस | अवैधरुपमा भारततर्फ निकासी गर्दैगर्दाको अवस्था नेपाल प्रहरीले करवि ८ देखि १० लाख रुपैयाँ मुल्य बराबरका विभिन्न देवि देवताका १६ थान मूर्तिसहित ९७ वटा दियो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले झापा मेचीनगर ६ नकलबन्दा नाका भएर भारततर्फ लैजादैं गर्दा गोप्य सूचनाका आधारमा आइतबार विहान ती सामान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार सेतो बोरामा चादी र तामाको लेपन लगाएका करीव डेढफूट उचाईका सरस्वती, दुर्गा बुद्घका मूर्ति र कचौरा प्रकारका ९७ थान दियो पक्राउ गरिएको छ । प्रहरीलाई देखेर यसमा संलग्नहरु सामान छाडेर भागेपछि सवै मूर्ति र दियो प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रत्येक मूर्तिको अनुहार कागतले छोपिएको छ भने कागत र प्लाष्टिकमा प्याक गरेर लाहाको प्रयो गरी विभिन्न नम्वर लगाईएको छ ।

प्रहरीका अनुसार पुरातात्विक विभागले यसको बेचबिखनमा रोक नलगाएको भएपनि लुकिछिपी अवैधरुप कारोवारमा भने प्रतिवन्ध लगाएको छ । नेपाल सरकारको नियम अनुसार लाग्ने राजस्व दस्तुर बुझाएर निकासी गर्न मिल्ने भएपनि अबैधरुपमा निकासी गरिएकाले आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो । प्रहरीका अनुसार नेपालमा बनाइएका यस्ता मूर्ति भारतका विभिन्न ठाउँमा रहेका गुम्बाहरुमा राख्न लैजाने गरिन्छ । त्यहाँ यस्ता वस्तुको माग प्रशस्त हुने प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.