मुख्यमन्त्री राईलाई अविश्वासको प्रस्तावको सामना गर्न २४ दिनको समय

A notice in Nepali from Mechinagar Ward No. 10

सोमबार , पौष १३, २०७७

विराटनगर ।  विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएभएपछि दुई तिहाई बहुमतसहित सत्तारोहण गरेका मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको सामना गर्न २४ दिनको समय पाउनुभएको छ।

नेकपा विभाजनपछि ओली समूहमा लागेका मुख्यमन्त्री राईविरुद्ध आइतबार प्रचण्ड–माधव समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।  प्रदेश १ मा सत्ता समीकरणको खेल रोचक बनेको छ ।

भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आचार्य तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित हुनुभएको थियो । । प्रचण्ड–माधव समूहले राईको विकल्पमा भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.