रास्वपाले मुलुक ढकालसँग दोस्रो पटक स्पष्टीकरण सोध्ने

A notice in Nepali from Mechinagar Ward No. 10

६ भदौं, काठमाडौँ : रास्वपाले पार्टीबाट हटाइएका महामन्त्री तथा केन्द्रीय सदस्य मुलुक ढकालसँग दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा ‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुलुक ढकाललाई पार्टी विधानको धारा ५६ (४) बमोजिम अन्तिम पटक स्पष्टीकरणको मौका दिने’ उल्लेख छ ।

ढकाललाई महामन्त्रीबाट पदमुक्त गर्ने रास्वपाको निर्णयले कानुनी मान्यता पाउने वा नपाउने विषय जटिल बनेको सन्दर्भमा फेरि अन्तिम पटक स्पष्टीकरणको मौका दिने भनिएको हो । महामन्त्रीलाई हटाउने निर्णय गर्नुअघि पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन, नियमले तोकेका प्रक्रिया पूरा नभएको भन्दै ढकालले दिएको निवेदनमा आयोगले अध्ययन गरिरहेको छ ।

रास्वपाले महामन्त्री ढकाललाई पदमुक्त गरिएको जानकारी गराउँदै त्यसलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न गत साउन १७ मा आयोगमा पत्राचार गरेको थियो । त्यसअघि नै ढकालले आफूलाई गरिएको कारबाही प्रक्रिया नै त्रुटिपूर्ण रहेको जिकिर गर्दै आयोगमा निवेदन दिएका थिए । त्यसबारेमा निर्वाचन आयोगले आवश्यक सम्पूर्ण प्रक्रिया बुझेर काम गरिरहेको आयोगका एक अधिकारीको भनाइ छ ।

आयोगमा रहेको रास्वपा विधानमा पदाधिकारी त्यसमा पनि महामन्त्रीलाई बर्खास्तसम्मको कारबाही गर्ने प्रक्रिया सहज छैन । ‘अरूभन्दा फरक पार्टी हो भन्दै विधानलाई रास्वपाले फरक बनाएकाले महामन्त्रीमाथिको कारबाहीको विषय सजिलै किनारा लाग्ने देखिँदैन,’ आयोगका ती अधिकारीले भने, ‘आयोगले कुनै एक पक्षमा निर्णय लिए अर्को पक्ष अदालत जाने सम्भावना प्रशस्तै छ ।’ रास्वपाले ढकालमाथि अनुशासनात्मक कारबाहीस्वरूप बर्खास्त गरिएकाले उक्त पद रिक्त रहेको जानकारी आयोगलाई गराएको छ । आयोगले पार्टीसँग त्यससम्बन्धी कागजात मागेर अध्ययन गर्ने जनाएको छ ।

इलाममा गत वैशाखमा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सभापति लामिछानेको कार्यशैली र पार्टी सञ्चालन विधिमाथि आलोचना गरिएको थियो । आन्तरिक दस्ताबेज मिडियामा लगेर सार्वजनिक गरेको आरोप लगाउँदै रास्वपाले ढकाललाई असार १२ मा सामान्य स्पष्टीकरण सोधेको थियो । जवाफ दिन असार २१ सम्म समय दिइएकामा असार १९ मै ढकाललाई पदबाट निलम्बन गरिएको थियो भने असार २५ मा पदबाट बर्खास्त गरियो ।(कान्तिपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.