पुस २५ गतेबाट प्रदेश १ मा जसपाले आन्दोलन सुरु गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: १ मिनेट • कुल शब्द: ११५

मोरङ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) मोरङले तेस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

जसपा मोरङका अध्यक्ष राजकुमार यादवका अनुसार जनताको संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धी रक्षा गर्न प्रधानमन्त्री ओली असमर्थ रहेको आरोप जसपाको निष्कर्ष छ । यादवले प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम चालेको उल्लेख गरे। पत्रकार सम्मेलनका क्रममा यादवले प्रधानमन्त्रीले चालेका अलोकतान्त्रिक कदम खारेज गर्न जनसंघर्षको विकल्प नरहेको  बताउनु भयो ।

पुषको २५ गतेबाट सुरु हुने तेस्रो चरणको आन्दोलनका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव, पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

त्यसैगरि सोही अवसरमा पुस २९ गते विर्तामोड र माघ ३ गते धरान र माघ ७ गते मोरङको रंगेलीमा जनप्रदर्शन गरिने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.