प्रधानमन्त्रीको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने सात यूवा पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा।  प्रधानमन्त्री केपी ओली सहभागी हुन पुगेको धनगढीको आमसभाबाट प्रहरीले सात युवालाई पक्राउ गरेको विभिन्न संचार माध्यमहरुले बताएका छन् ।

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको सेतो टिसर्ट लगाएर कार्यक्रममा आएका सात यूवालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार उनीहरु सेतो टिसर्टमा कार्यक्रममा आएका थिए तर विरोध गर्ने वा नारावाजीमा उत्रेका भने थिएनन् ।

ओली पक्षिय नेकपाले शुक्रबार धनगढीमा प्रदेश स्तरिय सभाको आयोजना गरेको थियो। सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली धनगढी गएका छन् । प्रधामनमन्त्री ओली आउने कार्यक्रमपछि धनगढीमा कालो मास्क समेत लगाउन निषेध गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.