पूर्वराजा ज्ञानेन्द्रले भने- देश कसरी जोगाउन सकिएला भन्नेमा चिन्ताग्रस्त छौं

A notice in Nepali from Mechinagar Ward No. 10

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा देशलाई कसरी जोगाउन सकिएला भन्नेमा चिन्ताग्रस्त रहेको बताएका छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय परम्पराको विशेषता रहेको दावी गरेका छन्।
देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाले राजगद्दी त्याग्नेसम्मको साहस र इमान्दारी दर्शाएको उनले बताएका छन्।

उनले भनेका छन् ‘हामीले ब्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहितअनुकुल छ, त्यसको समीक्षा हुन अव विलम्व भइसकेको छ।’ परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै बाहिरी इच्छा पूरा अवान्छित क्रियाकलाप यहाँ भित्रिएको ज्ञानेन्द्रको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.