खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ, माघ १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गर्नुभएको छ । कोभिड–१९ विरूद्धको खोप शुभारम्भका अवसरमा आज सन्देश दिँदै राष्ट्रपतिले उहाँहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गर्नुभएको छ ।
खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालका तर्फबाट धन्यवाद दिँदै उहाँले विश्‍वका सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्‍ट मान्यता रहेको जनाउनुभएको छ ।
विश्‍वमा कोभिड–१९ विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले खोप अभियान शुरु गर्न लागेकामा हर्ष व्यक्त गर्दै राष्ट्रपतिले यसबाट पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्‍ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएको जनाउनुभएको छ । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीलगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप उपलब्ध गराउने नेपाल सरकारको निर्णयको सराहना गर्दै राष्ट्रपतिले नेपाल सरकारले खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध रूपमा खोपको व्यवस्था मिलाउने विश्वास व्यक्त गर्नुभएको छ ।
खोप अभियान सफल पार्न जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्‍चारकर्मीलगायत समाजका सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको जनाउँदै राष्ट्रपतिले खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एकार्काबीचमा कम्तीमा दुई मिटरको दूरी कायम राख्‍न र पटकपटक साबुनपानी वा सेनिटाइजरले हात सफा गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा योगदान पुर्‍याउनका लागि सबैमा आह्वान गर्नुभएको छ ।
“कोभिड–१९को विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ। यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनुपरेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन्।यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन। यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ।यसबाट विश्‍वभरि नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ”, सन्देशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.