विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ मा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेसहित चार जनालाई माघ १६ गते शुक्रबार सदस्य मनोनयन गरिएको छ ।

प्रदेश सरकारले यही वर्ष स्थापना गरेको प्रतिष्ठानमा बिराटनगरका वरिष्ठ पत्रकार यज्ञ शर्मा यसअघि नै कार्यकारी निर्देशकको रुपमा नियुक्त भइसकेका थिए । शुक्रबारको मन्त्रीस्तरीय निर्णयले झापाबाट काफ्ले, मोरङबाट महेन्द्र बिष्ट, सुनसरीबाट निलिफा सुब्बा र धनकुटाका राजेश्वर श्रेष्ठलाई सदस्यमा मनोनयन गरेको हो ।
सदस्यमा मनोनयन गरिएकै दिन प्रतिष्ठानको पहिलो बैठक अध्यक्ष तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बसेको थियो । पहिलो बैठकले प्रतिष्ठानको नीति, कार्यक्रम तथा चालू आर्थिक वर्षको बाँकी अवधिका लागि बजेटसमेत पारित गरेको छ ।
सदस्यमा मनोनयन गरिएकै दिन प्रतिष्ठानको पहिलो बैठक अध्यक्ष तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बसेको थियो । पहिलो बैठकले प्रतिष्ठानको नीति, कार्यक्रम तथा चालू आर्थिक वर्षको बाँकी अवधिका लागि बजेटसमेत पारित गरेको छ ।
बैठकले प्रतिष्ठानमा आवश्यक पर्ने कर्मचारीको दरबन्दी, सांगठानिक संरचना तथा कार्यविभाजनको प्रस्ताव पनि सर्वसम्मत स्पीकृत गरेको कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका छन् ।
यसैगरी प्रतिष्ठानको प्रतिक चिन्ह (लोगो)लाई परिमार्जनसहित पारित गरिएको छ । प्रतिष्ठानले प्रदेश १ को सञ्चार क्षेत्रलाई दक्ष र सक्षम तुल्याउन विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ ।
प्रतिष्ठानले प्रारम्भमा पत्रकार तथा आमसञ्चार माध्यमको वर्तमान अवस्था पहिचान गर्ने, तालिमका लागि मापदण्ड बनाउने, पत्रकारको हकहित एवम् सुरक्षाको क्षेत्रमा काम गर्ने, सूचनाको हक तथा पत्रकार आचारसंहिताका विषयमा सचेतना अभिवृद्धि गर्ने लगायतका कार्ययोजना बनाइएको कार्यकारी निर्देशक शर्माले जानकारी दिएका छन् ।
बैठकको अध्यक्षता गर्दै मन्त्री कार्कीले प्रादेशिक सञ्चार प्रतिष्ठानलाई भौतिक तथा व्यवहारिकरुपमा सक्षम बनाउन मन्त्रालयको साथ रहने जानकारी दिएका छन् ।
प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली २०७७ दफा ६ (२) १ अनुसार सदस्यहरुको पदावधि नियुक्त भएको मितिले ४ वर्षको हुनेछ ।


























