१३ पौंष, काठमाडौँ : जिल्ला प्रशासन कार्यालय, सर्लाहीले ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
आइतबार राति भएको सवारी दुर्घटनाको विरोधमा भएको प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायतका घटना बढेकाले नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
आज दिउँसो ३ बजेदेखि भोलि साँझ ७ बजेसम्म लागू हुने गरी जारी गरिएको निषेधाज्ञामा स्थानमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाद्वारा जारी निषेधाज्ञा आदेशमा उल्लेख छ ।
निषेधाज्ञा क्षेत्र घोषित गरिएका स्थानहरू ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पूर्वईश्वरपुर नगरपालिकाको वडा नम्बर ४ सागरनाथ टोल सम्म र पश्चिममा ईश्वरपुर नगरपालिका- ८ रामपुर टोलसम्म, ईलाका प्रहरी कार्यालय, केशरगंज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका- ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिकाको-९ खोरिया टोलसम्म छन् ।

























