५ असार, भद्रपुर: नेपाल स्काउटको ७० औं स्थापना दिवसको उपलक्ष्यमा भद्रपुर नगर स्काउट समितिको आयोजनमा पुहातु जनज्योति मा. वि. भद्रपुर–९ मा वृक्षरोपण र साहसिक क्रियाकलापको सामान हस्तानतरण कार्यक्रम सम्पन्न गरियो।

कार्यक्रमको अध्यक्षता भद्रपुर नगर समितिका संयोजक श्री विवेक चम्लागाँईले गर्नु भएको थियो। त्यसै गरि कार्यक्रमको प्रमूख अतिथि भद्रपुर नगरपालिका नगर प्रमुख श्री जीवन कुमार श्रेष्ठ, विशिष्ट अतिथि भद्रपुर नगरपालिका उपप्रमुख श्री चन्द्र माया श्रेष्ठ, विशिष्ट अतिथि प्रदेश नं १ का तदर्थ समिति सदस्य श्री अरुण बस्नेत, अथिति वार्ड नं ९ का कार्यबाहक वार्ड अध्यक्ष राम दाहाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष परमानन्द मिश्र, विद्यालयका प्रधानाध्यापक शिवराम लुइटेल, अग्रज स्काउटरहरु क्रमशः गगनलाल राजभण्डारी, किरण शर्मा र कार्यक्रममा झापा रोभर/रेञ्जर ओपन स्काउट क्र्यूका स्काउट भाइबहिनीहरुको सहभागीता थियो।

























