कांग्रेसको १४ औं महाधिवेशनको शुक्रबार उद्घाटन

A notice in Nepali from Mechinagar Ward No. 10

२४ मंसिर, काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शुक्रबार उद्घाटन गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको उद्घाटन समारोहमा नेपाल र भारतका विभिन्न राजनीतिक दलका नेताहरुले कांग्रेसलाई शुभकामना दिए ।

शुभकामना दिन भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टीका नेता आएका थिए भने नेपालका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेता पुगेका थिए ।

महाधिवेशन उद्घाटन समारोहमा विभिन्न जातजातिको साँस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन दबाव नदिने बताएका थिए । यद्यपि भृकुटीमण्डपस्थित खुला स्थल कांग्रेस कार्यकर्ता र शुभेच्छुकले भरिएका थिए ।

हेर्नुहोस् तस्वीरहरु  :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.