कांग्रेस महाधिवेशन : सकियो बन्दसत्र, पौडेल पक्ष अनुपस्थित

A notice in Nepali from Mechinagar Ward No. 10

२४ मंसिर, काठमाडौंँ : नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनको बन्दसत्र सकिएको छ। शुक्रबार राति १० बजे बन्दसत्र सकिएको हो।

राजधानीको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनको बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू बसेका थिएनन्। पौडेल पक्ष आफ्नो प्यानलबाट सभापतिसहित पदाधिकारीका उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको बुझिएको छ।

बन्द सत्रमा महामन्त्रीले आफ्नाो प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको थियो। सबै प्रतिवेदन बन्दसत्रबाट पारित भए।

१४ औं महाधिवेशनको गर्नका लागि कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टी विधानका विभिन्न धारा र उपधाराको व्याख्या, बाधा अड्काउ फुकाऊ र निलम्बन गर्न गरेको निर्णय अनुमोदनका लागि पेश गरिएको प्रतिवेदन पनि बन्दसत्रले अनुमोदन गरेको छ।

केन्द्रीय निर्वाचन समितिले आजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिसकेको जनाएको छ।

निर्वाचन तालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता भोलि (शनिबार २५ गते) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयनमा दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५-७ बजेसम्म र दाबीविरोधउपर शनिबार साँझ ७-९ बजेसम्म निर्णय हुनेछ।

उम्मेदवारको पहिलो नामावली शनिबार राति ९-१२ बजेसम्म प्रकाशन, मनोनयनपत्र फिर्ता लिने समय आइतबार बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो सवा १२ बजे र मतदान सोमबार बिहान ८ बजेदेखि हुने समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.