यस्तो छ कांग्रेस नेतादेखि कार्यकर्तासम्मको प्रस्तावित मर्यादाक्रम

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असार, काठमाडौँ : नेपाली कांग्रेसले नेतादेखि कार्यकर्तासम्मको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेश गरेको छ । आइतबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसले संगठनात्मक संरचनाभित्र १२१ वटा ओहोदाको वरीयता निर्धारण गरी पेस गरेको हो।

प्रस्तावित मर्यादाक्रम अनुसार पहिलो नम्बरमा केन्द्रीय सभापति रहेको छ भने दोस्रोमा पुर्वसभापति राखिएको छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री क्रमशः तेस्रो र चौथो वरीयतामा राखिएको छ  ।  पदाधिकारीको वरीयता भने संसदीय दलको नेतापछि राखिएको छ ।

पूर्वउपप्रधानमन्त्रीको मर्यादाक्रम मुख्यमन्त्रीभन्दा पछि राखिएको छ भने भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षको मर्यादाक्रम कांग्रेसका महासमिति सदस्यपछि अर्थात् ४० औँ नम्बरमा तोकिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.